पाल्पा ः पाल्पाको रम्भा गाउँपालिका ५ को सार्वजनिक क्षेत्रमा जडीबुटी रोपिएको छ ।

ताहँुस्थित धोवादी, पोखरडाडा र धारादी क्षेत्रमा १५०० जडीबुटी रोपिएको हो ।स्थानीयबासिन्दा इन्जिनियर बालकृष्ण कार्कीको अगुवाई र बालक्लवको समन्वयमा जडीबुटीको विरुवा रोपिएको हो ।

बहुमुल्य श्रीखन्ड, कपुर, तेजपात, धुपी, खनिया, पैयु, चाप, अमला लगायतका रोपिएको हो । हरियाली समाजको निर्माणसँगै स्थानीयबासिन्दाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यका साथ वृक्षारोपण गरिएको बालकृष्ण कार्कीले बताउनुभयो ।

सार्वजनिक क्षेत्रका जग्गाका अतिक्रमण बढेसँगै जडीबुटी खेती गरी स्थानीयबासिन्दाको आर्यआर्जन बढाउन सहयोग पुग्ने कार्कीले बताउनुभयो । डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा सार्वजनिक स्थल, बाटोको आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

तपाईको प्रतिक्रिया