
पाल्पा। हुलाक कार्यालयमा टिकट विक्रीबाट ६ लाख ९० हजार नौ सय रुपैयाँ आम्दानी गरेको छ ।
पोष्टबक्स दुई हजार छ सय ३५ रुपैयाँ, पत्रपत्रिका नवीकरण तथा दर्ता शुलकबाट दुई हजार सात सय ६५ रुपैयाँ, काउन्टर अनलाईन दर्ताबाट ८७ हजार ६ सय ८७ रुपैँया, जिल्लाको तीन ओटा केवुल नेटवर्कको नवीकरण ३ हजार सात सय ५० रुपैयाँ, केवुल रोयल्टीबाट ३ लाख २५ हजार १ सय ९० रुपैयाँ आम्दानी गरेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक भण्डारीले बताए ।
एफ एम रोयल्टीबाट ७५ हजार ७ सय ९७ रुपैयाँ, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणबाट १ हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन भएको हो । जिल्ला कार्यालय पाल्पाले चालु आवको पौष महिनासम्म झण्डैं ११ लाख ९० हजार ७४ रुपैयाँ राजश्व संकलन गरेको सूचना अधिकारी भण्डारीले बताए ।