पाल्पा । तानसेन नगरपालिकाभित्र भूकम्पबाट प्रभावित ३०३ घरहरु पुर्ननिर्माण कार्य सम्पन्न भएको छ ।

भुकम्पबाट प्रभावित आवास पुर्ननिर्माण तफ पौष महिनासम्म ५२४ जना लाभग्राहीले प्रथम किस्ताको रकम प्राप्त गर्नेहरुमा ४२४, दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्या ३०३ र तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरुमा २५५ रहेको तानसेन नगरप्रमुख अशोक कुमार शाहीले बताए । नीजि आवाश पुर्ननिर्माण काम छिटोछरितो रुपमा सम्पादन गर्न नगरले लाभग्राहीलाई अनुरोध गरेको छ ।

यसबीच आवास व्यवस्थापन तर्फ प्लिन्थ लेभवल, ६० सुपर स्टक्चरको लागि इजाजत र ३० सम्पन्न प्रमाणपत्र प्रदान गरिएको छ । नगरमा गाभिउका साविकका गाविहश्रमा निर्मित भवनहश्र अभिलेखीकरण गर्न दोस्रो पटक सूचना प्रकाशित गरिएकोमा ४० परिवारको निवेदन प्राप्त भइ सकेको छ ।

तपाईको प्रतिक्रिया