पाल्पामा दुई महिलाको शव भेटियो


पाल्पा । पाल्पामा शुक्रबार दुईजना महिला मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा सडेको ७७ वर्षीय महिलाको शव भेटिएको प्रहीले जनाएको छ ।

मृत महिला गत पौष ४ गतेदेखि तानसेन नगरपालिका ८ बाट बेपत्ता भएकी हिरा कुमारी चिदी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए । यस्तै पूर्वी पाल्पाको पूर्वखोला गाउँपालिका ४ देविनगर बस्ने बर्ष ६४ कि सिरा दर्लामी आफ्नै घरको काठको भर्याङमा मृत अवस्थामा भेटिएकी छिन् ।

शुक्रबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला शव हेर्दा झुण्डीएको प्रकृतीको भएपनि घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

पाल्पाको माथागढी गापा २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा सडेको अवस्थामा महिलाको शव भेटिएको हो ।

करिब ७५ वर्षको उमेरकी महिलाको शव जलेको अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।

पाल्पा तानसेन नगरपालिका ८ बस्ने बर्ष ७७ कि हिरा कुमारी चिदी रहेको प्रहरीको दावी छ । चिदी पौष ४ गते देखी हराएको थिइन ।
यसैबीच पाल्पाको पुर्वखोला गापा ४ देविनगर बस्ने बर्ष ६४ कि सिरा दर्लामी आफ्नै घरको काठको भर्याङमा आत्महत्या गरेकी छन् ।

आफुले लगाउने पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा भेटिएको प्रहरीको दावी छ ।

तपाईको प्रतिक्रिया