तानसेन। पाल्पामा संचालित ११ औं संस्करणको जिल्लास्तरीय आईटिएफ ते–क्वाण्डो प्रतियोगितामा तानसेन डोजाङ्ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगिता अन्तर्गत तानसेनले ११ स्वर्ण, ४ रजत र ११ कांस्य गरी कुल २६ पदक जित्दै पहिलो भएको हो । प्रतियोगितामा भुतपूर्व सैनिक डोजाङ् तानसेनले १० स्वर्ण, ११ रजत र ९ कास्यसहित ३० पदक जित्दै दोस्रो हुन सफल भएको आईटिएफ ते–क्वाण्डो जिल्ला समिति पाल्पाका अध्यक्ष नीरबहादुर सारुले बताए ।
सदरमुकाम तानसेनको टुंडिखेलमा दुई दिनसम्म चलेको प्रतियोगितामा पूर्वखोला गाउँपालिकास्थित मातृभूमि डोजाङ् देवीनगरले ६ स्वर्ण, ५ रजत र ६ कांस्यसहित तेस्रो स्थान हासिल गरेको छ । तानसेन नगरपालिकास्थित बिजु डोजाङ् तानसेनले ५ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १४ पदक जित्दै चौथो भएको छ ।
पूर्वखोला गाउँपालिकास्थित शम्भु डोजाङ् जल्पाले ३ स्वर्ण, ७ रजत र १० कास्य गरी २० पदक जितेको छ । जिल्लामा संचालित प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्तुतसंगै खेल क्षेत्रको विकासमा टेवा पुगेको खेलाडीहरुले बताएका छन् ।






