सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा नजिकै कारमाथि ढुंगा खस्दा दुई जना घाइते

तानसेन । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट खसेको ढुङ्गाले कारलाई थिच्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ दीपनगर बस्ने ३७ वर्षीया जुलन गैरे र बुटवलकै जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल रहेका छन्।

दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

सोमबार साझ करिब साढे ६ बजेतिर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथि अचानक ठूलो ढुङ्गा खसेको थियो । ढुङ्गाको ठक्करबाट कार पूर्ण रूपमा क्षति भएको छ। तीन जना सवार रहेको उक्त कारका चालक रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवा बस्ने ३६ वर्षका राज कुमार लोध भने सकुशल रहेका छन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीका सूचना अधिकारी भीमलाल भट्टराइले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको