मानव अधिकार संगठन लुम्विनी प्रदेश परिषद बैठक पाल्पामा सुरु

पाल्पा । नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामनीश्वर आचार्यले बहुमतको सरकारले संसद विघटन गर्ने कार्यशैली संविधानको भावना विपरित भएको बताएका छन् ।

संगठन लुम्विनी प्रदेशको परिषद बैठकको उद्घाटन सत्रमा आचार्यले कोभिडले नागरिक तथा व्यवसायीहरु आर्थिक रुपमा कमजोर बनेका बेला बैंकको दादागिरी विरुद्ध सिंहदरबारको अगाडि आफूहरुले आन्दोलन गर्ने आचार्यले बताए । सरकारको गलत कामको आलोचना गर्नु संगठनको दायित्व भएको आचार्यको दावी छ ।

लुम्विनी प्रदेशसभा सदस्यडा. पुरन बज्राचार्यल, वीर बहादुर रानाले निरंकुश शासकको अन्त्य भएपनि गणतन्त्र नेपालमा निरकुश कार्यशैली अहिले पनि रहेको बताए ।उनले जात धर्म वर्ण, लिंग र संस्कृतिका नाममा निरकुशता जीउदै रहेको बताए ।

नेकपा ओली समुहका जिल्ला नेता धनेन्दराज घिमिरे, नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले मानवधिकारको प्रत्याभूतिको लागि नेपाली काग्रेस र कम्युनिष्ट पार्टीको ठूलो भूमिका रहेको बताए । उनले राजनीतिक शक्तिहरु जनताको अधिकारको निम्ति सधै जिम्मेवारीका साथ अघि बढेको बताए ।

संविधानसभा सदस्य नारायणी शर्मा, तानसेन नगरप्रमुख अशोक कुमार शाहीले पार्टी र विचार पिच्छे मानवअधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको बताए ।

सरकारी वकिल हरिहर पौडल,उद्योग तथा वाणिज्य संघ पाल्पाका महासचिव यादव कार्की लगायत कोभिड १९ कारण उद्योग व्यवसायी मर्कामा परेको र बैंकको ऋण तिर्न नसक्दा व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको बताए ।

सोही कार्यक्रममा संगठनका पूर्व पाल्पा जिल्ला अध्यक्ष त्रिलोचन पौडेललाई सम्मान गरेको छ । पाल्पाका नवनिर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । लुम्विनी प्रदेशभित्रका संगठनका पदाधिकारी पाल्पामा सहगभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया