काठमान्डाैं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ ।

खरकट्टा जङ्गलमा भएकाे दुर्घटनामा कावासोती नगरपालिका-२ का ३५ वर्षीय जीवन रानाकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

जङ्गलमा लु ५८ प ७०४८ नं.को स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया