
पाल्पा । पाल्पाको रैनादेवी छहराको आँपरेचौरमा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।
संघीय सरकारको अनुदानमा औद्योगिक ग्राम स्थापना हुन लागेको हो ।
९२ लाख लगानीमा यस आवदेखि काम सुरु हुने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए ।
औद्योगिक ग्रामको स्थापनाका लागि जग्गाको व्यवस्था भएपछि गाउँपालिकाले संघीय सरकारसँग सम्झौता गरी काम अघि बढाउने भएको हो ।
ग्राम स्थापनाको काम बहुवर्षीय हुनेछ ।
यसैबीच गाउँपालिका स्तरीय अस्पताल निर्माणको काम गाउँपालिका अगाडि बढाएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको अम्लाबाँसमा नै १५ बेडको अस्पताल बनाउन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ ।