बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये सबैभन्दा पहिलो बालमैत्री गाउपालिका हो ।

गाउँपालिकामा बालविवाहको न्यूनीकरण, वालश्रमको अन्त्य, बालअधिकारको सुनिश्चित भएपछि गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको हो । आर्थिक वर्ष ०७४।०७५ बाट सुरु भएको बालमैत्री कार्यक्रम ३ आर्थिक वर्षमा सकिएको हो । बालमैत्री राष्ट्रिय रणनीति २०६८ अनुसार ३९ सूचक मध्ये १७ वटा सूचकहरुमा शतप्रतिशत र २२ वटा सूचकहरुमा ८० प्रतिशत नतिजा ल्याए बालमैत्री घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

बगनासकाली गाउँपालिकाले २३ वटा सूचकहरुमा शत प्रतिशत र ९ वटा सूचकहरुमा ९० प्रतिशत नतिजा ल्याई बालमैत्री घोषणा गरेको हो । गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले वालवालिकाहरुको दिर्घकालिन विकासका लागि रणनितिक योजनाहरु अघि बढ्ने बताए । बालबालिकाका हक अधिकार सुनिश्चित गर्न गाउँपालिका जिम्मेवारी बहन गर्ने समेत बस्यालले बताए । घोषणा सभामा प्रमुख अतिथि बगनासकाली बालसंजालकी अध्यक्ष इन्दु गाहाले बालमैत्री घोषणाले बालवालिकाहरुमा उत्साह थपेको बताइन ।

कार्यक्रममा नेकपा एमालेका हरि पाठक, नेपाली काँग्रेसका यमलाल तिमिल्सेना, नेकपा माओवादी केन्द्रका कोशल न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पाटीका कपिल ढुङ्गगाना, बालमैत्री कार्यक्रमकी राष्टिङ्ग सहजकर्ता शर्मिला पौडेल, तिनाउ गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायतले घोषणाले उत्साह थपेको बताए ।
केहीलाई  सम्मान
घोषणासभामा बालमैत्री कार्यक्रम सफल बनाउन सहयोग गर्ने पूर्व प्रमुख प्रशाशकिय अधिकृतहरु सुन्दर प्रसाद श्रेष्ठ, रामचन्द्र अर्याल, तत्कालिन फोकल पर्सन मनोज आचार्य, बालमैत्री कार्यक्रमकी राष्टिङ्ग सहजकर्ता शर्मिला पौडेल र पत्रकार विष्णु घिमिरेलाई दोसल्ला, र कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी वालसहजकर्ता, फोकल पर्सनहरु, र ९ वटै वडाहरुलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer