पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाल्पाका नेता गिर बहादुर थापा वीरबल सात औ दिनको पून्य तिथिको अवसरमा माओवादी केन्द्र जिल्ला संगठनले सोमबार श्रद्धान्जली सभा गरेको छ ।

माओवादीमा इमान्दर नेताका रुपमा आफ्नो परिचय बनाउन सफल वीर माओवादीको तल्कालिन जिल्ला संयोजक तथा प्रदेश स्तरकै नेता हुन । श्रद्धान्जली सभा माओवादीका लुम्विनी प्रदेशका सह इन्चार्ज तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीकुल प्रसाद केसीले वीरवलको निधनले माओवादी पार्टीलाई ठूलो क्षति भएको बताए ।

प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओन्सरी घर्ती मगरले सरल, इमान्दर नेता वीरवलबाट हामीले पाठ सिक्नुपर्ने बताइन । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशसभा सदस्य वसन्त घर्तीले कमरेड वीरवलको निधनले माओवादी आन्दालनकोे एउटा धरोहर गूमाएको बताए । कार्यक्रममा नेकपा एमालेका नेता धनेन्द्रराज घिमिरेले वीरबलको निधनले कम्युनिष्ट आन्दोलनलाई अतुलनीय क्षति भएको बताए ।

श्रद्धान्जली सभाको अध्यक्षता तुलाराम गंरजा र सञ्चालन चक्रव्युह थापाले गरेका थिए । पाल्पाको रैनादेवी छहरा गाउपालिका १ सिद्धेश्वरमा नै श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । कार्यक्रममा माओवादीका केन्द्रीय, प्रदेश, जिल्लास्तरका नेताहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया