TRENDING :

तानसेन । पाल्पाली कलाकार तथा सर्जक पुरुषोत्तम गैरेले नयाँ गीति संग्रह पिंजडाको चरी बजारमा ल्याएका छन् ।

कोरोनाका कारण भएको लकडानको समयमा सृजना गरेको गीतलाई संगीत भरेर गैरे नयाँ गीत बजारमा ल्याएको बताएका छन् ।

गीतमा गैरेसंगै गायिका सुनिता बुढाले स्वर भरेकी छन् ।

बिमल पौडेलको शब्द रहेको गीतमा गैरे स्वयमले संगीत भरेका छन् । खासगरि माया प्रेममा बिछोडिनु पर्दाको पिडालाई गायक गैरेले गीतमार्फत उठाएका छन् ।

गीतको भिडियोमा मुम्बईको कोठीमा नेपाली चेलीले पाएको दुखको अवस्था झल्काउन खोजिएको छ ।

अजय रेग्मीले छायांकन गरेको गीतको भिडियोमा गायक गैरेसँगै चर्चित मोडल अन्जली अधिकारीले अभिनय गरेका छन् ।

भिडियाेः

तपाईको प्रतिक्रिया