तानसेनका १५ सहित २६ जनामा कोरोना पुष्टि !

तानसेन । पाल्पा सदरमुकाम तानसेनका १५ सहित थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले दिएको जानकारी अनुसार आज गरिएको ६७ जनाको पिसिआर परीक्षणमा तानसेन नगरभित्रका १५ सहित थप २६ जनामा संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो पटक थपिएकामा रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रिब्दीकाेट,माथागढी र तिनाउ गाउँपालिकाका २।२ जना तथा पूर्वखोला र बगनासकाली गाउँपालिकाका १।१ जना रहेका छन् ।

पछिल्ला दिनहरुमा भारतबाट जिल्लामा भित्रिनेहरुको संख्यामा वृद्धि भएसंगै जिल्लामा दैनिक रुपमा संक्रमित बढेको स्वास्थ्य कार्यालय पाल्पले जनाएको छ ।

पाल्पामा हाल एक सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।जसमध्ये ९ जना अस्पतालको आइसोलेशन तथा अन्य संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया