TRENDING :

पाल्पा । मालपोत कार्यालय पाल्पाका सबै प्रकारका सेबा निषेधाज्ञाको अबधिमा बन्द रहने भएको छ । बैशाख १७ गतेदेखि २४ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी हुँदै छ । मालपोत अधिकृत दुर्गा प्रसाद खनालद्धारा जारी गरिएको सूचनामा निषेधाज्ञाको अबधिमा कार्यालयका सबै प्रकारका सेबाहरु बन्द रहने बताइएको छ ।नयाँ भेरिएन्टसहितको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको अबधिमा सेबा बन्द हुने बताइएको हो ।

तपाईको प्रतिक्रिया