पाल्पामा थप २८ जनामा कोरोना पुष्टि

तानसेन। पाल्पामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार गरिएको ५६ जनाको पिसिआर परीक्षणका क्रममा १९ जना पुरुष र ९ जना महिलामा कोरोना संक्रण पुष्टि भएको हो ।

थपिएका संक्रमितसंगै हालसम्म पाल्पामा २ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पनथीले बताए । यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप २० जनामा कोरिना पोजेटिभ देखिएको सूचना अधिकारी पन्थीले बताए ।

संक्रमित मध्ये अहिले ३८९ जना जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सक्रिय संक्रमितहरुमध्ये २३ जना अस्पतारमा उपचाररत रहेका छन् भने, ३७५ जना होम आइसोलेशनमा बस्दै आएका छन् । यस्तै हालसम्म जिल्लाका संक्रमित मध्ये ४० जनाले ज्यान गमाएके बाकी निको भएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया