TRENDING :

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष  पेश गरेको राजीनामा आईतबार बिहान  स्वीकृत भएकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए ।

संविधानको धारा १६९ को १ को क अनुसार मुख्यमन्त्री पदबाट पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन् ।

पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।

तपाईको प्रतिक्रिया