पाल्पामा थप ११९ जनामा कोरोना पुष्टि!

तानसेन । पाल्पामा आइतबार थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पिसिआर र ऐन्टिजेन परीक्षण थप ८० जना पुरुष तथा ३९ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितसंगै जिल्लामा हाल एक हजार ३५ जना सक्रिय सङ्क्रमित पुगेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार आज कुनै पनि संक्रमितको निको भएका छैन ।

पाल्पा पहाडी जिल्ला भएपनि तराईसंग नाका जोडिएको जिल्ला भएका कारण तथा भारत लगायतका मुलुकबाट जिल्ला भित्रिनेहरु खुलेआम हिड्डुल गरेका कारण पनि जिल्लामा संक्रमण बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

विवरणः

तपाईको प्रतिक्रिया