
तानसेन। पाल्पामा आइतवार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार हाल जिल्लामा एक हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्य सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका नागरिक रहेका छन।
यस्तै सबैभन्दा थोरै निस्दी गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । हालसम्म जिल्लामा कूल ५१ जना संक्रमितको मृत्यु भएको छ ।
त्यसमा सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका रहेका छन् ।