तानसेन । पाल्पामा दुई गाडी एक आपसमा ठोक्किदा ६ जना घाईते भएका छन् ।

सिदार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका वडा नं.३ झुम्सामा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु १ झ ५४२ नं.को कृषी ज्ञान केन्द्र पाल्पाको गाडी र विपरित दिशाबाट आउदै गरेको लु १ ज ३५७९ नं. को ट्याक्सि एक आपसमा ठक्कर खादा ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्सीमा सवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ का ४७ वर्षीय को लुम बिक्रम शाह, गुल्मीको ईस्मा गाउँपालिका ४ का ३० वर्षीय कृष्ण बहादुर कुँवर, रस्याङ्जाको छ्याङछ्याङ्दी गाउँपालिका २ का ५७ वर्षीय समर थापा घाईते भएको प्रहरीले जनाएको ।

यस्तै पर्वतको बिहादी गँपालिका ३ का ३२ वर्षीय राम प्रसाद अधीकारी, स्याङ्जाको भिरकोट नगरपालिका ९ का ३० वर्षीय चारजन सुनार र वालिङ १४ का २१ वर्षीय केशव सार्की घाईते भएको जिल्ल प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी क्षमण पचभैंयाले जानकारी दिए ।

घाईते मध्य चालक कृष्ण कुवँरको अवस्था गम्भीर छ । घाईते मध्य एक जनालाई उपचारका लागि बुटवल पठाईएको स्थानीय कृष्ण पाण्डेले बताए  ।

अन्य घाईतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया