पाल्पामा सिटामोल अभाव!

तानसेन । पाल्पाका फर्मेसीरुमा पारा सिटामोलको लगायतका सामान्य औषधिको अभाव भएको छ । जिल्लामा कोरोना संक्रमणको दर उच्च बनिरहदा सामान्य
औषधिहरु समेत पाउन छाडेको स्थानीयले बताएका छन् ।

सदरमुकाममा संचालित अधिकांश फार्मेसीहरुमा सिटामोल, ग्लोब, अक्सिमिटर पाउन छाडेपछि बिरामीहरु चिन्तित भएका छन् । जिल्लामा अहिले दैनिक रुपमा सिटामोल लगायतका सामानय औषधि किन्नेको संख्यामा वृद्धि भएको छ ।

सन्चो हेल्थ केयर प्रालिका डाक्टर झपेन्द्र ढकालले दिएको जानकारी अनुसार धेरै मानिसहरुले औषधि खरिद गरेर राख्ने गरेको र थोक विक्रि गर्नेहरुले नै अहिले औषधि निर्यात नगर्दा जिल्लामा यस्को अभाव देखिएको हो ।

पाल्पाका फर्मेसीहरुमा बुटवलबाट हुने गरेको औषधिको आपूर्ती कम आएपछि अभाव सुरु भएको औषधि व्यवसायी संघ पाल्पाका अध्यक्ष राम लाल श्रेष्ठले बताए ।

औषधिको आपूर्ती कम भएको र महामारीको चिन्ताले मानिसहरूले आवश्यकता भन्दा बढी औषधि संचित गरेको कारण पनि औषधि अभाव भएको औषधि बिक्रेताहरूको भनाई छ।

पछिल्लो समय सामाजिक संजालहरुमा आउने कोरोना माहामारीसंग सम्बन्धित अनेकौ भ्रामक समाचारहरूको कारण पनि मानिसहरू औषधि र उपकरण जम्मा गर्न थालेको चिकित्सकहरू बताउछन्।

यसरी घर घरमा औषधि जम्मा गरेर राख्नुको सट्टा स्वास्थ्य सावधानी पालनामा चनाखो बने कोरोना बाट सहजै जोगिन सकिने चिकित्सकहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया