पाल्पा अस्पतालको प्रयाेगशालामा एक सय जनाको पिसिआर गर्दा ६६ जनामा कोरोना पुष्टि!

तानसेन । तानसेनस्थित पाल्पा अस्पतालको प्रयोगशालामा आईतबार गरिएको पिसिआर परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले दिएको जानकारी अनुसार आइतबार गरिएको एक सय जनाको पिसिआर परीक्षणका क्रममा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पाल्पाका विभिन्न स्थानीय तह तथा बाहिरी जिल्लाका समेत रहेको सूचना अधिकारी पन्थीले बताए ।

पछिल्लो समय किट अभावले पिसिअार र ऐन्टिजेन परीक्षण नहुँदा  जिल्लामा संक्रमित घटेपनि सक्रिय संक्रमितको संख्यामा कमी नआएको हुँदा समुदायमा समेत संक्रमण बढ्न सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया