पाल्पामा तेस्रो चरणमा जेठ १५ गतेसम्म निषेधाज्ञा हुने!

तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो ।

अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञ थप गर्ने निर्णय गरेका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पायडेयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया