पाल्पा । सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रकृया अघि बढाउन अनुमति दिएसंगै आईतबार एक महिनाको लागि ग्लोबन टेण्डर आव्हानको सूचना प्रकाशन भएको छ । टेण्डर आह्वान भएसँगै सुरुङ मार्ग निर्माण हुने निश्चित भएको हो ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको सडक विभागले जनाएको छ ।
१ किलोमिटर १२६ मिटरको सुरुङमार्ग निर्माण भएसंगै मृत्युमार्गको रुपमा रहेको सिदार्थ राजमार्गको सिद्धबाबादेखि चिडियाखोलासम्मको क्षेको यात्रा सुरक्षित हुने भएको छ । सुरुङमार्ग निर्माणको काम ५ वर्षभित्र सक्ने लक्ष्य सरकारले लिएको छ ।
याे राजमार्ग तराईसंग पहाडका जिल्ला जोड्ने मुख्य राजमार्ग समेत भएका कारण पाल्पासंगै गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की बाग्लुङलगायतका जिल्लाका लागि दैनिक एक हजारबढी सवारी संचालन हुने गर्दछन् ।