पहिरोका कारण सिदार्थ राजमार्ग अवरुद्ध

तानसेन ।अविरल वर्षासंगै पहिरो खस्दा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ ।

तीन दिनदेखिको वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं.३, सिसुवा नजिकै ठूलो पहिरो खसेपछि बिहानैदेखि अवरुद्ध भएको हो ।

ढुंगासहितको पहिरो खसेका कारण विहानैदेखी राजमार्ग अवरुद्ध भएको र सडक सुचारु गर्न आज दिनभर लाग्ने सडक डिभिजन पाल्पाले जनाएको छ ।

सिदार्थ राजमार्गको अन्य स्थानमा समेत पहिरो खसेको भएपनि सामान्य रुपमा सडक संचालन भईरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी बताए ।

सो क्षेत्रमा गतवर्ष पनि ठूला ढुंगासहितको पहिरो खसेपछि तीन दिनसम्म राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

अहिले पनि पानी पर्ने क्रम नरोकिएको हुँदा सिदार्थ राजमार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम उच्च रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया