
पात्पा । सिदार्थ राजमार्गमा मिनि ट्रकसंग मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।
बुटबलदेखि पाल्पातर्फ आउदै गरेको लु १ क १३१५ नम्बरको मिनि ट्रक र बिपरित दिशाबाट आइरहेको लु ३२ प ७११४ नम्बरको मोटरसाइकल तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलमा सवारी रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, का ३७ वर्षीय विष्णुहरी पाण्डे र गुल्मी रुरु गाउँपालिका–५, का ३६ वर्षीया सीता पाण्डे घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
घाइते मध्य मोटरसाइकल चालक विष्णुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको वुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।