६५ वर्षिया वृद्धलाई बलात्कार गर्ने पुरुष रामपुरबाट पक्राउ

पाल्पा ।जिल्ला प्रहरी कार्यालय पाल्पाले वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका वडा नं. १ मसकोटका ३५ वर्षीय नारायण मल्ल रहेका छन् । मल्लले स्थानीय ६५ वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको जाहेरीका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनले वृद्धमहिलालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरेको जाहेरी प्राप्त भएपछि निजलाई पक्राउ गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

तपाईको प्रतिक्रिया