पाल्पा । रैनादेवी छहरा गा.पा. ५ मुझुङका अधिकाँश स्थानमा चोरी भएको छ ।
वडा कार्यालयदेखि विद्यालय, पसलहरु विहीबार चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कालिका माविको अफिस चोडफोड गरी ठुलो मात्रामा नगद चोरी भएको हो ।
विद्यालयको दराजमा राखिएको ५० हजार चोरी भएको छ र त्यसैगरी वडा कार्याल एक हजार छ सय रुपैयाँमा चोरी भएको वडाध्यक्ष हुमानसिह कार्कीले बताए । अज्ञात समुहले नगद सहित चोरी गरी भौतिक क्षति गरेको छ ।
हाल चोरी गर्ने अज्ञात समुहको खोजी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वडा कार्यालय देखि प्रहरी चौकी नजिकै रहेको छ । तर हाल सम्म प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुलाई खोजि गर्न सकेको छैन ।
चोरी पत्ता लगाउन नसक्दा स्थानीयबासिन्दा त्रसित भएका छन् ।
मुझुङ कृषी सहकारी कार्यालयको ढोका तथा कोठा भित्र रहेको दराजको ताल्चा फुटाली रु.४,०००।– (चर हजार ) चोरी भएको र सोही स्थानका नेत्र बहादुर कार्कीले संचालन गरेको नास्ता पसलको ढोकाको ताला फुटाली नगद सात हजार र आठ हजारको रिचार्ज कार्ड कार्ड चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।
अज्ञात समुहको खोजी कार्य जारी राखिएको र थप अनुसन्धान भइरहेको सूअ पचभैयाँले बताए ।