रामपुर । पाल्पाको रामपुर नगरपालिकाको बेझाडमा सञ्चालित रामतुलसी माध्यामिक बिद्यालयमा मन्टेश्वरी विधिबाट पठनपाठन हुने भएको छ ।

बिद्यालयले नानीबाबुहरुको इच्छा, चाहानालाई मध्यनजर गर्दै शिशुकक्षा, नर्सरी देखि एल केजी र युकेजीमा मन्टेश्वरीको सुबिधासम्पन्न ल्याउन थालेको हो ।

बालमैत्री रुपमा पठनपाठन गरी शिक्षण सिकाईलाई प्रभावकारी बनाउन मन्टेस्वरी सन्चालनमा ल्याउने विद्यालयले जनाएको छ ।

सरकारी स्कुलमा पुर्ब बालबिकास कक्षाहरुको नामले सञ्चालनमा ल्याउँदा यो पहिलो हुने छ । पढाईको गुणस्तर, भौतिक संरचना अब्बल गराउने र बर्णन गर्न लायक गराउने लगायत पाल्पा जिल्लाकै नमुना बनाउने उद्देश्यको साथ पुर्ब बालबिकास कक्षाहरुमा मनोरजन गरी बालबालिकाले पढ्नेछन् ।

विद्यालयले भर्ना अभियान सञ्चालनमा ल्याएको छ । आर्थिक अवस्था कमजोर भएका परिबारका बालबालिकालाई किताब, पोशाक, भर्ना शुल्क निशुल्क व्यवस्था गरिएको बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।

रामपुर नगर शिक्षा अधिकृत बिकल काफ्लेका अनुसार हिजो यो स्कुल भौतिकका लागि लडिरहेको थियो भने आज ती सबै कुरालाई माथि उकास्दै सरकारी स्कुलमा पुर्ब बाल बिकास शिक्षा भनेर पहिलो सुरुवात गर्ने अवस्थामा आइसकेको छ ।

नजिकका अरु बिद्यालयसंग समन्वय गरी पुर्ब बाल बिकास कक्षाहरु सन्चालनका लागि आवस्यक भौतिक देखि अन्य ब्यबस्थापन अबको दुई महिनामा पूरा गरिनेछ ।

सरकारी स्कुलहरु मध्येकै नमुना बिद्यालय बन्नेछ र शैक्षिक पाटोमा सबै बिद्यालयलाई समेट्दै लैजानेछ, बाहिरबाट आएकाहरुलाई पनि यो बिद्यालयमा भएका हरेक कुराहरु अबलोकन गरेर मात्रै जानका लागि आग्रह समेत गर्ने गरेको काफ्ले बताए ।

नमुना बिधालय अनुदान सहयोगबाट करिब करिब १ करोडको लागतमा श्री राम तुलसी माध्यमिक बिद्यालयमा बनेको पुर्ब बाल बिकास कक्षाहरु (मन्टेस्वरि) मा साना बालबालिका लक्षित शौचालय, पढ्दापढ्दै निदाएको अवस्थामा उनिहरुलाइ सुताउने आरामदायी बेड, उनीहरुको चाहाना अनुसारको खेलौना र भोकाएका बेला स्वस्थ खानेकुरा उपलब्ध गराउन सुबिधाजन्य क्यान्टिन समेत ब्यबस्थापन गरि निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया