पहिरोका कारण आर्यभञ्याङ्ग-रामपुर खण्ड अवरुद्ध

तानसेन । आर्यभञ्याङ्ग रामपुर सडक-खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

निरन्तरको वर्षासंगै खसेको पहिरोका कारण सो सडकखण्ड गएराती देखि अवरुद्ध भएको हो । रामपुर नगरपालिका वडा नं.-४ गिजिङडाँडामा पहिरो सखेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउने प्रयास भए पनि निरन्तरको वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले नयाँधारलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया