अगाहाखोला नजिकै पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

तानसेन । सिद्धार्थ राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

राजमार्गको बर्तुङ्ग-राम्दी सडकखण्ड अन्तरगत रम्भा गाउँपालिका वडा नं. ३ अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

​बुधबार राती साडे आठ बजेतिर खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको बगनासकाली – ४ का स्थानीय रमेश न्यौपानेले बताए । दिउसो पानी परेर रोकिएपछि राती सुख्खा पहिरो खसेको उनले बताए ।

सडकमा ठूला चट्टानसहितको पहिरो खसेपछि यात्रुहरु बिचल्लीम परेको उनले बताए । ‘रातीको समय भएका कारण सडक खुलाउने कुनै प्रयास भएको छैन। जसले गर्दा धेरै यात्रु गन्तव्यमा नपुगी फर्किएको पनि न्यौपानेले नयाँधारलाई जानकारी दिए ।’

सडक डिभिजन पाल्पाले भने रातीको समयमा सडक खुलाउने काम नभए पनि भोलि बिहानैदेखि सडक खुलाउने काम हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer