
काठमाडौं । पाल्पाली संगम अमेरिकाको अध्यक्षमा महेश भट्टराई चयन भएका छन ।
सामाजिक अभियानमा समेत सक्रिय रहेका भट्टराईलाई पाल्पामा जन्मिएर अमेरिकामा रहेकाहरुको संस्थाको अध्यक्षको जिम्मेबारी दिईएको हो ।
पटक पटकको भर्चुअल बैठक र छलफलपछि पाल्पाली संगम अमेरिकाको सदस्यहरुबाटै नयाँ कमिटि गठन भएको हो ।
नव गठित कमिटिको बरिष्ठ उपाध्यक्षमा धर्म आचार्य (फ्लोरिडा) , उपाध्यक्षमा डाक्टर सन्दिप पाण्डे (टेक्सास), महासचिवमा परशु नेपाल (भर्जिनिया), सचिव सागर घिमिरे (मेरिल्याण्ड) र कोषाध्यक्षको जिम्मेवारीमा जितेन्द्र राणा (इलोनोइ) लाई प्रदान गरिएको छ । यस्तै कमिटिका सदस्यहरुमा अमृत भट्टराई, लक्ष्मण नेपाल, रश्मि भट्टराई, मिना जिसी, मधु नेपाल, मञ्जु कार्की, र डिल्ली भुसाल रहेका छन्।
हालै सम्पन्न बैठकले डाक्टर रुद्र अर्याल र जगदीश काफ्लेलाई सल्लाहकार राख्ने पनि निर्णय गरेको छ। टिममा अन्य साथीहरू क्रमश सामेल गराउदै लगिने योजना अध्यक्ष भट्टराईले बताए ।
कोभिडको महामारीसंगै अमेरिकामा रहेका पाल्पालीहरू थप जोडिने काम भएको छ। काम गर्न सहजताको लागि पाल्पामा हरेक पालिकाबाट प्रतिनिधित्व हुने गरि एक टिम बनाउने योजना नव गठित कमिटिले गरेको छ।
अमेरिकामा रहेका पाल्पालीहरूलाई एकजुट गराउदै आपसमा परिचय र सहयोग गर्दै पाल्पाबाट अमेरिका जाने तयारी समेत रहेको संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईले जानकारी दिए ।
अमेरिकामा पाल्पाली संगमको समिति औपचारिक गठन भएकोमा खुसी लागेको पाल्पाली संगमका केन्द्रिय अध्यक्ष पदम न्यौपानेले प्रतिक्रिया बताए उनले भने, संसारभरका पाल्पालीलाई यसैगरी एक गरेर पाल्पाको एकीकृत र दिगो बिकासमा सबै पाल्पालीको सहयोग रहने विश्वास रहेको पनि अध्यक्ष न्यौपानेले बताए ।
पाल्पाली संगम अमेरिकाले हालसम्म बिभिन्न कामहरु पनि सम्पन्न गरेको छ। संगमले पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणमा सहयोग स्वरुप पाल्पाका लागि १६ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको थियो ।