छहरामा भैसी किन्न गएका पुरुषको मृत्यु

तानसेन।  पाल्पामा भैसी किन्न गएका एकजना पुरुष अचानक बेहोस भएर मृत्यु भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका ३ झिरुवासका ४८ वर्षीय जीतबहादुर आलेको अचानक निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार आफ्नै गाउँको अमिले भन्ने स्थानमा गएर भैसी किनेर फर्किने अचानक चक्कर लागेर वेहोस भएकोमा आलेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लैजादा डाक्टरले मृत घोषणा गरेको हो ।

घटनाबारे थप अनुसनन जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer