तानसेन। पाल्पामा कार र ट्रक एक आपसमा ठोक्किदा एकजना गम्भीरसहित चार जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तरगत अगाहाँखोलामा बुटवलदेखि पोखरातर्फ जादै गरेको ना २ ख ८३९० नं. को ट्रक र विपरित दिशाबाट गाउदै गरेको ग २ च २०९४ नम्बरको कार एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकमा सवार भारतको मोतीहार पूर्वी चम्पार बिहारका ४० वर्षीय जीपरुला अन्सारी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही स्थानका ३९ वर्षीय नाजिर अन्सारी, २९ वर्षीय गुल्सन अन्सारी तथा २५ वर्षीय मीराज अन्सारी घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । ट्रक सडकदेखि करिब सय मिटर तख खसेको प्रहरीले जनाएको छ ।

दुवै सवारी चालक प्रहरी नियन्त्रणमा रहेको रघटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया