काठमाडौं । हाल देशभरको मौससमा बदली आएको छ ।

मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू(भाग नजिक रहेको हुँदा देशभर सामान्य देखी पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले शुक्रबार जारी गरेको मौसम सम्न्धि बुलेटिनमा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ भने, बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको पनि विभागले जनाएको छ।

विभागले आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाउदै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ।

यस्तै विभागका अनुसार शुक्रबार राती देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे  छ।

तपाईको प्रतिक्रिया