
पाल्पा । लगातारको वर्षाले पाल्पाका सडकमा पहिरैपहिरो खस्दा अवरुद्ध भएका छन् । पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रका सडकमा पहिरो खस्दा सडकअवरुद्ध भएको हो ।
सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ६ स्थानमा र ग्रामीण क्षेत्रका अधिकांश स्थानमा पहिरो खस्दा यात्रुहरु अलपत्र परेका छन ।