तानसेन । सिद्धार्थ राजमार्ग अन्तरगत राम्दीमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ राम्दीमा आइतबार बेलुका करिब ५ बजेतिर खसेको पहिरोले दुई घर पुरिदा होटलमा खाजा खाने पसेको व्यक्तिको मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्थानीय शिवहरी अमात्यका अनुसार शान्ती होटलमा खाजा खादै गरेका एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको पनि अमात्यले बताए । उक्त स्थानमा स्थानीय दिपेन्द्र श्रेष्ठ र लक्ष्मी श्रेष्ठको घर पहिरोले पुरेको हो ।

होटल सञ्चालक गरिएको घर पुरिएपछि होटलकाका संचालक अन्दाजी ४० वर्षीय लक्ष्मी श्रेष्ठ र सोही होटलमा कामगर्ने कान्छ भनिने अन्दाजी २० युवक घाइते भएका छन् ।

घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाईएको स्थानीयले बताएका छन् । उद्दारको कार्य जारी रहेको हुँदा क्षतिको विवरण आउन बाकी रहेको स्थानीयले बताएका छन् ।

तस्वीर साैजन्यःमदन न्याैपाने राम्दी ।
तस्वीर साैजन्य मदन न्याैपाने राम्दी ।

तपाईको प्रतिक्रिया