
तानसेन । निरन्तरको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिदार्थ राजमार्गको पाल्पा खण्ड अझै खुल्न सकेको छैन ।
हिजो बिहान तानसेन नगरपालिका वडा नं–८, तल्लो डुम्रेमा खसेको पहिरो हटाउन समस्या भएपछि तानसेन-वुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
यस्तै सोही सडकखण्डको अन्य स्थानमा समेत साना ठूला पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
डुम्रेमा खसेको पहिरो पन्छाएर सडक खोल्न आइतबार रातिसम्म प्रयास गरेको भएपनि पुनः पानी परेका कारण समस्या भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।
अहिले पनि पहिरो पन्छाउने प्रयास जारी रहेको र पानी नपररेमा दिउसोदेखि एकतर्फी रुपमा सवारी पास गराउने तयारी भएको पनि सूचना अधिकारी खत्रीको भनाई छ ।
यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी खसडकखण्डको रम्भा गाउँपालिका ३ स्थित सीता पहाडमा समेत पहिराले राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन पाल्पाले अवरुद्ध भएका सबै सडक खुलाउने प्रयास जारी रहेको जनाउदै आएको छ ।
उता सडक अवरुद्ध भएको २४ घण्टा वित्दासम्म पनि खुलाउने ठोस प्रयास नभएको भन्दै बीच सडकमा अलपत्र परेका यात्रुहरुले खाना बस्नका लागि समस्या भएको गुनासो गरेका छन् ।
