
तानसेन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शनिबार नगर तथा गाउँ अधिवेशन हुदैछ । सोही क्रममा तानसेन नगर सभापतीमा युवा व्यवसायी मोहन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरेर तानसेन नगर सभापतीमा उम्मेवारी दिने घोषणा गरेका हुन् ।
श्रेष्ठले आफू लामो समयदेखि सामजिक काममा लागेको र पार्टीको नेतृत्वका लागि सक्षम रहेको हुँदा उम्मेदवारी एिको बताए ।
श्रेष्ठले भने, ‘मैले अहिले भएको पार्टी भित्र रहेको फोहोरको डङ्गुर सफा गरेर अघि बढ्नका लागि मैले उम्मेदवारी दिएको हु।’
उनले दोहोराउदै भने, ‘कुनै तको प्रलोभन र अन्य पदको आश्वासन आए पनि मैले पद छाड्ने छैन् । सके सर्वसम्वत त्यो नभए लोकत्रान्त्रिक पकृयाबाट सभापतीमा सहभागी हुने उनले बताए।’
श्रेष्ठले आफू सभमपतीमा चयन भएमा दलको तल्लो तहसम्म संगठन विस्तार गर्ने, युवा सहभागीता गराउने र अहिले देखिएको गुठबन्दी समेत हटाउने काम गर्ने उनले बताए ।
तानसेनमा शनिबार हुने नगर अधिवेशसनमा २ सय ३४ जना प्रतिनिधिहरुले सहभागिता जनाउने छन । श्रेष्ठको प्रतिस्पर्धीमा सूर्वणमुनी शाक्य रहेको चर्चा चलेको छ ।