गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक र भिरबाट लडेर एजनाको मृत्यु

तानसेन । गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

लु २६ प ६८३३ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका वडा नम्बर–७ वामीटक्सार बजारमा दुर्घटनामा घाइते हिताङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार २३ बर्षीय रबिन शाहीठकुरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । यस्तै गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडागाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

गएराती मुसिकोट नगरपालिका वडा नम्बर–२ निवासी ७० वर्षकी जयकला रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वडागाउँ स्वास्थ्य चौकीमा उपचार गराएर छोरा शिबबहादुर रायमाझीले बोकेर घर तर्फ लैजाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया