ओलीका हावादारी गफले संविधान कार्यान्वयन हुन सकेनःमन्त्री झाक्री [भिडियोसहित]

तानसेन। शहरी विकास मन्त्री रामकुमारी झाक्रीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी गफ गरेर सरकारको समय बिताएको आरोप लगाएकी छिन । स्थिर सरकार हुँदा पनि सामान्य प्रयास समेत नगरेर एक्लै हिड्ने प्रयासले गर्दा संविधान र संघीयता कार्यान्वयमा ओलीले ध्यान नदिएको उनको भनाई छ ।

सोमबार तानसेन आयोजित पत्रकार सम्मेलनमा बाल्दै क्राक्रीले भनिन बहुमतको सरकारको जिम्मेवारी पाउँदा ओलीले शुसासन भन्दा कुशासन दिने प्रयास गरे । जस्ले गर्दा पार्टी फुटेर अहिलेको अवस्था आएको उनले बताइन ।

उनले ओली सरकारले सामान्य संवाद समेत नगरी एक्कै हिड्ने ओलीको बानीले जन्मिएको नयाँ पार्टीले अब युवामा आधारित भएर काम गर्ने जिकिर गरिन्।

संघीयतामा तीन तहको सरकारका बीचमा समन्वय हुन नसक्दा संविधान कार्यान्वयन समस्या भएको पनि बताइन् । संघ प्रदेश र स्थानीय तहहरुले आफै सरकार हुम भन्ने भावनाका कारण जनताले लोकतन्त्रको अनुभुती गर्न नपाएको उनले बताइन् ।

पत्रकारहरुले राखेको जिज्ञासामा झाक्रीले भनिन् आफूले सम्हालेको मन्त्रालयबाट विकासको अवधारणलाई ध्यान दिएर सानादेखि ठूला शहरको विकासमा लागि समन्वय गर्ने बताइन् ।

सरकारले कसरी काम गर्ने र जनताको जीवनस्तरमा परिवर्तन कसरी गर्ने भन्ने विषयमा सबै निकायसंग समन्वय गरेर देखिने गरी काम गर्ने मन्त्री झाक्रीको भनाई छ ।

छोटो समयमा धेरै काम गर्न नसके पनि सामान्य परिवर्तनका काम र निर्माधाधिन आयोजनाका काममा जोड दिने क्रक्रीले बताइन् ।

तपाईको प्रतिक्रिया