नेपाल दलित मुर्ति मोर्चा पाल्पाको अध्यक्षमा गहतराज

पाल्पा । नेपाल दलित मुर्ति मोर्चा पाल्पाको भेला सम्पन्न भएको छ ।

भेलाले छवीलाल गहतराजको अध्यक्षता ६१ सदस्य जिल्ला संगठन गठन गरेको छ ।  जसको उपाध्यक्षमा प्रेम शाहीसमुन्द्री, रिता नेपाली, लक्ष्मी विश्वकर्मा, सचिवमा रमेश सुनार, मीन बहादुर विश्वकर्मा, सह सचिवमा यादव गहतराज, गोपाल विश्वकर्मा रहेका छन् । त्यसैगरी कोषाध्यक्ष डोलराज विश्वकर्मा रहेका हुन ।

जिल्ला भेलामा नेकपा माओवादी केन्द्र पाल्पाका जिल्ला इन्चार्ज तुलाराम घर्तीले दलितहरुका हरेक प्रकार समस्या समधान नहुँदासम्म देश विकास हुन नसक्ने बताएका छन् । जातका आधारमा कसैको हत्याहिंसा हुनु गलत प्रवृति भएकोले त्यस्ता प्रकारका हिंसा रोकिनुपर्ने घर्तीले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पाल्पाका संयोजक नेत्र प्रसाद पाण्डेयले माओवादी पार्टी दलित जनजातिको पार्टी भएकोले अब यस पार्टीमा दलितहरु सहभागीता बढाउन थालेको बताए । पार्टीको केन्द्रीय तहबाट दलित समुदायको सहभागीता बढाउने नीतिगत व्यवस्था अनुसार नै सहभागी वृद्धि हुने पाण्डेयले बताए ।

कार्यक्रममा केन्द्रीय निर्वाचन आयोगका सदस्य चक्रव्यु थापाले दलितको अधिकार सुनिश्चित नहुँदासम्म देशमा समृद्धिको यात्रा अधुरो हुने बताए । कार्यक्रममा दलित मुर्ति मोर्चाका लुम्विनी प्रदेश इन्चार्ज राजेन्द्र विश्वकर्माले दलितहरुमा हुने जातिय अपराध तत्काल रोकिनुपर्ने बताए ।

दलित माथिका सबै प्रकारका हिंसा नरोकिएमा दलितहरु सडक आन्दोलन गर्ने बताए । दलितहरु पछि पर्नु भनेको राज्य नै पछाडि पर्ने भएकोले दलित समुदायको उत्थान गर्न आवश्यक रहेको विश्वकर्माले बताए ।

कार्यक्रममा मोर्चाकी केन्द्रीय सदस्य मन्जु विश्वकर्मा, जिल्ला कार्यालय सदस्य मदुरा ढकाल र मोर्चाका जिल्ला अध्यक्ष छवीलाल गहतराजले छुवाछूत लगायतका विभेदको अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया