पाल्पा। युनाइटेड मिसन अस्पतालले मातृशिशु सेवा कार्यक्रम पाल्पा अस्पताललाई हस्तान्तरण गरेको छ ।
युनाइटेड मिसन अस्पताल र पाल्पाको अस्पतालको साझेदारीमा सञ्चालनमा रहेको मातृशिशु सेवा कार्यक्रम नेपाल सरकारको नीति अनुसार पाल्पा अस्पतालबाट सेवा दिने थालिएको अस्पतालका मेसु जगदिश कुँवरले बताए ।
हस्तान्तरण कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले पाल्पा अस्पताललाई मातृशिशु सेवा कार्यक्रम सञ्चालन चुनौती र अवसर दुवै भएको बताए । मातृशिशु सेवा कार्यक्रमलाई अझै प्रभावकारी सेवा दिनुपर्ने उनले बताए ।
कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मातृशिशु स्याहारलाई थप सुधार गरी सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रम रेडक्रस पाल्पाका सभापति वृद्धि प्रसाद शर्मा र नेपाल पत्रकार महासघ पाल्पाका सह सचिव कृष्ण दर्नालले पाल्पा अस्पतालले आफ्नो नियमित सेवा र मातृ शिशु सेवालाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए।
कार्यक्रममा युनाइटेड मिसन अस्पताल पाल्पाकी सामुदायिक स्वास्थ्य विभागकी प्रमुख पार्वती गौतमले मिसन अस्पतालबाट सञ्चालित मातृशिशु सेवा अब पाल्पा अस्पतालबाट सेवा प्रवाह हुने बताइन्।
युनाइटेड मिसन अस्पताल पाल्पाका मन हेमचुरीको स्वागत र पाल्पा अस्पतालका मेसु कुँवरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।





















