बेथल स्कुल भू. पु. विद्यार्थी समाजको साधारण सभा सम्पन्न

तानसेन। बेथल स्कुल भू. पु. विद्यार्थी समाजको दशौँ साधारण सभा सम्पन्न भएकाे छ । नेपालीहरुको महान पर्वको अवसरमा बेथल इङ्लिश बोर्डिङ स्कुल तानसेनमा गठित बेथल भू. पु. विद्यार्थी समाजको दशौँ साधारण सभा तथा  शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा बेथल स्कुलमा अध्ययनरत रहि एस.एल.सी. तथा विभिन्न देश विदेशका कलेजबाट प्रविणता प्रमाण पत्र एवं स्नातक तह उत्र्तीण, उच्च शिक्षा अध्ययनको लागि नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरु को साथै फेसबुकको सुरक्षा कमजोरीलाई पत्ता लगाई फेसबुकले बिजनेस पेजको एड्मिन डिस्क्लोजर बगलाई फिकस गर्दै ५ सय अमेरिकी डलर बाउन्टी रिवार्ड प्रदान गरेका पूर्व विद्यार्थी प्रज्ज्वल ढुङ्गानालाई समेत सम्मानलाई सम्मान गरिएकाे थियाे ।

साेही अवसरमा एस.एल.सी. मा अध्ययनरत विद्यार्थी तथा भू. पु. विद्यार्थीहरु विच उच्च शिक्षा अध्ययनका अनुभवहरु आदान प्रदान समेत गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले हाम्रो विद्यालयबाट अध्ययन सम्पन्न विद्यार्थीहरुले आफ्नो अध्ययनलाई उच्च शिक्षासम्म निरन्तरता दिनुको साथै रोजगारीमा समेत संलग्न हुन सक्षम भई समाज र शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याउन सफल भएकोमा खुशी व्यक्त गरे ।

समाजका संरक्षक तथा प्रिन्सिपल खेमबहादुर सारुले स्कुले जीवनका साथीहरुसँगको अनुभव र मित्रता अत्यन्तै अविश्मरणीय हुनुको साथै विद्यार्थीहरु नेतृत्व विकास, सामाजिकिकरण र अन्तर वैयक्तिक सम्वन्ध स्थापित गर्दै उच्च शिक्षा अध्ययनको साथसाथै समाज सेवामा लाग्न प्रेरित हुनु पर्ने धारणा राख्दै व्यक्त गरे ।

विद्यालयका सामाजिक स. प्रिन्सिपल महेन्द्र पोखरेल, शिक्षक रुपचन्द्र थापा, प्रेमकुमारी थापा, बिश्वास ढुङ्गाना रमेश सारु, तारा राना, तथा भू.पु. विद्यार्थीहरु सागर न्यौपाने, शुसन श्रेष्ठ, सुप्रिका टंडन, लिनिशा गाहो आ–आफ्ना शैक्षिक सफलताका अनुभवहरु ब्यक्त गर्नुको साथै शुभकामना मन्तब्य राखेका थिए ।

समाजको वर्ष २०७६–७८ का अध्यक्ष अप्सना काम्मुले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।दशौं साधारण सभाबाट वर्ष २०७८–७९ को लागि मोहिनी बुढाथोकीकोे अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको पनि निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा सौगात कार्की, सचिव लिनिशा गाहा, कोषाध्यक्ष सागर न्यौपाने, सह सचिव सुप्रिका टंडन र सदस्यहरुमा सुशन श्रेष्ठ, प्रकाश खाती, सृजन कार्की, प्रथम कोइराला, स्मिता बस्नेत, परिनीता गाहा रहेका छन्।

बेथल भू. पु. विद्यार्थी समाज वर्ष २०७६–७७ का अध्यक्ष अप्सना काम्मुको अध्यक्षतामा भएको कार्यक्रम सचिव शोभा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer