काठमाडाैं। पछिल्लाे २४ घण्टामा नेपालमा थप ९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।यस्तै साेही समयमा थप  १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

२ हजार ३३३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हाल देशभर ७ हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्ला २४ घण्टामा थप ५६३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ३९७ जना सङ्क्रमित निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।  हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४४८ रहेको पुगेकाे छ ।

तपाईको प्रतिक्रिया