गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान नोभेम्बर २२ गते एरो थाईले गर्ने

पाल्पा।  रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अर्थात यान्त्रिक एवम प्राविधिक परीक्षण उडानको तयारी अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । एरो थाइले अनुमति पाएसँगै अबको एक महिना भित्रै यान्त्रिक परीक्षण उडान गर्ने गरी काम भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल पूर्ण रुपमा संचालन गर्नुअघि विमानस्थलमा विमानको उडान र अवतरणका साथै धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन्या, छैनन् भनि जाँच गर्न यान्त्रिक परिक्षण उडान अर्थात क्यालिब्रेसन फ्लाइट गर्ने गरिन्छ ।

यान्त्रिक परिक्षण उडानका लागि आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्त सहित जाहाज पठाउने तय भएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको