पाल्पा।  रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अर्थात यान्त्रिक एवम प्राविधिक परीक्षण उडानको तयारी अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । एरो थाइले अनुमति पाएसँगै अबको एक महिना भित्रै यान्त्रिक परीक्षण उडान गर्ने गरी काम भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल पूर्ण रुपमा संचालन गर्नुअघि विमानस्थलमा विमानको उडान र अवतरणका साथै धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन्या, छैनन् भनि जाँच गर्न यान्त्रिक परिक्षण उडान अर्थात क्यालिब्रेसन फ्लाइट गर्ने गरिन्छ ।

यान्त्रिक परिक्षण उडानका लागि आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्त सहित जाहाज पठाउने तय भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया