तानसेन । पाल्पाकी महिलाले एकै पटक जन्माएका चार छोरीमध्ये दुई छोरीको मृत्यु भएको छ ।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत चार छोरीमध्ये दुई जनाको मृत्यु भएको हो । शनिबार एक र आइतबार एक गरि दुई शिशुको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।समय नपुगी जन्मिएको र तौल पनि कम रहेको हुँदा दुई शिशुको मृत्यु भएको अधिकृत गरुङले बताए ।

पाल्पाको माथागढी गाउँपालिका वडा नं.१ की २४ वर्षीया सीता सार्कीले गत कार्तिक ९ गते चार छोरीको जन्म दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया