तानसेन। पाल्पामा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नं.–८ पेलाचौरकी ६२ बर्षकी मेनु सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती मादक पदार्थ सेवन गरेर ४३ वषीय जेठा छोरा कृष्ण बहादुर सारु मगरले आमाको हत्या गरेका हुन् ।

मदिरा सेवन गरी घर पुगेका छोराले सालको लठ्ठी प्रयोग गरी कुटपिट गर्दा मृत्यु आमाको भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

हत्या गर्ने छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया