
बुटवल। नेपाली काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् ।
जिल्ला सभापतिका उम्मेदवार भागवतप्रकाश मल्ललाई ३२ मतान्तरले पछि पार्दै थापा निर्वाचित भएका हुन् । थापाले एक हजार १ सय १७ मत प्राप्त गर्दा मल्लले एक हजार ८५ मत प्राप्त गरेका थिए ।
विजयी थापा संविधानसभा सदस्य हुन भने, मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का सांसद रहेका रहेका छन् । छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उनीहरुको प्यानलबाट उपसभापति, सचिव, सहसचिवमा दुवै पक्षबाट एक/एक जना निर्वाचित भएका छन् ।
स्याङ्जा काँग्रेसमा कुल २ हजार २ सय ५७ मतदाता रहेकोमा शुक्रबार भएको मतदानमा २ हजार २ सय १८ मत खसेको थियो ।