जुम्लामा बस दुर्घटनाःदुई जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं। जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन्।

सिञ्जा–१ थार्पीबाडास्थित सडकदेखि करिब २०० मिटर तल खसेको बसमा चारजना सवार अधिकारीले बताइन् ।

उक्त दुर्घटनामा परी टाउकामा चोट लागेर गम्भीर घाइते भएका कनकासुन्दरी–७ जियापाटा निवासी ३२ वर्षीय वीरबल घर्ती र सोही गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया