
पाल्पा । लैनो भैँसी पालन गरी दुध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले ४० हजार अनुदान प्रदान गरेको छ ।
व्यावसायिक रुपमा भैँसीपालन गरी दुधमा आत्मनिर्भर हुन एउटा भैँसीपालन गर्ने किसानलाई थप लैनो भैँसीपालन गर्र्न किसानलाई प्रोत्साहन स्वरुप अनुदान प्रदान गरिएको तानसेनका नगर प्रमुख अशोक कुमार शाहीले बताए । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसी पालन गरी दुई ओटा पुरयाउनुपर्ने छ ।
किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगर प्रमुख शाहीले बताए । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ रेडा र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो ।
चालु आर्थिक वर्ष २०७८।७९मा नगरपालिकाभित्रका किसानलाई सय लैनो भँैसी थप गर्ने योजना छ । सोही अनुसार ६९ लैनो भँैसी थप गर्ने किसानलाई २९ लाख अनुदान वितरण गरिएको हो ।
तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिक रुपमा दुध उत्पादन गर्न भैँसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताए ।
तानसेन नगरपालिका–७, १३ नम्वर वडामा लैनो भैँसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ । किसानले उत्पादित दुध बजारसम्म पुरयाउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले बताए ।